काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार (भोलि) देखि निषेधाज्ञा खुकुलो हुँदैछ । दैनिक उपभोग्य सामग्रीका पसल बार तोकेर खोल्न दिने र निजी सवारी साधनहरू जोर बिजोर प्रणालीमा चल्न दिने भनिएको छ ।
गत वैशाख १६ देखिके निरन्तरको निषेधाज्ञाले जनजीवन कष्टकर बनेको छ भने अर्कातर्फ बजार क्षेत्र र आवतजावत खुकुलो हुँदैजाँदा कोभिड संक्रमणको जोखिम पनि थपिएको छ । यो अवस्थामा जनजीवन सहज बनाउँदै संक्रमणको जोखिम कम गर्नुपर्ने सरोकारवाता बताउँछन् ।
संक्रमणको चक्र अझै तोडिएको छैन
निषेधाज्ञा केही खुकुलो बनाउन लागिएको भएपनि स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले निषेधाज्ञा केही खुकुलो भएपनि कोभिड–१९ संक्रमणको चक्र अझै नतोडिएको जनाउँदै आएको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा कोभिड संक्रमण दर १९ प्रतिशत र टेस्ट पोजेटिभिटी दर २२ प्रतिशत रहेको छ ।
१९ को संक्रमणको जोखिम कायमै रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, निस्कनै परे सधैँ मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने लगायतका सबै स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ । “याद राखौँ तपाईँ हाम्रो हेलचेक्रयाइँ कोभिङ–१९ संक्रमण फेरि फैलने कारण नबनोस्,” मन्त्रालयको सूचनामा भनिएको छ ।
जनस्वाथ्यमा लापर्बाही गरे तेस्रो लहर आउनसक्छ
कोभिड–१९ को पहिलो र दोस्रो लहरलाई निकै चुनौतीका साथ सामना गरेका विज्ञहरू अबका दिनमा पनि जनस्वास्थ्यमा लापर्बाही गरे विस्फोट हुने बताउँछन् । जनजीवनलाई सहज बनाउन निषेधाज्ञा खुकुलो बनाए पनि प्रत्येक व्यक्ति आफ्नो स्वास्थ्यप्रति आफैँ जिम्मेवार हुनपर्ने विज्ञहरूको भनाइ छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी एकैपटक निषेधाज्ञा खुला गरिए फेरि संक्रमण उच्च हुनसक्ने बताउँछन् । “अहिले संक्रमण घट्नु निषेधाज्ञाकै परिणाम हो त्यसैले क्रमशः यसलाई खुकुलो बनाउँदै लैजानुपर्ने देखिन्छ, एकैपटक सबै क्षेत्र खुला गरियो भने फेरि वि;स्फोट हुनसक्छ,” उनले भने ।
त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी पनि जनस्वास्थ्यका मापदण्ड क;डाइकासाथ पालना नगर्ने हो भने भदौ महिनाको आसपासमा फेरि तेस्रो लहर आउनसक्ने बताउँछन् । भाइसर सक्रिय हुनसक्ने समय पनि त्यही मौसम भएको र चाडपर्वका नाममा जमघट हुने भएकाले सं;क्रमण पुनः फैलिनसक्ने अनुमान डा. मरासिनीको छ ।
संक्रमण नियन्त्रण सरकार र नागरिक दुवैको जिम्मेवारी हो
निषेधाज्ञा खुकुलो गरिएसँगै कोभिड संक्रमण फैलिनसक्ने जोखिम कम गर्नु सरकार र नागरिक दुवैको जिम्मेवारी भएको जनस्वास्थ्यविद्हरू बताउँछन् । जनस्वास्थ्यविद् डा. शरदले वन्त बजार खुल्यो भन्दैमा जथाभावी हिँडडुल गर्ने, खोप लिइसकेका व्यक्तिहरूले जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने हो भने संक्रमण फेरि बढ्ने बताए ।
“निषेधाज्ञा संक्रमण नियन्त्रणको स्थायी उपाय होइन । तर निषेधाज्ञा खुकुलो भएको समयमा पनि व्यक्ति, परिवार र सिङ्गो समुदायको स्वास्थ्यप्रति नागरिक जिम्मेवार हुनुपर्छ । निषेधाज्ञा खुकुलो भएको समयमा जनस्वास्थ्यका मापदण्ड पालना भए नभएको अनुगमन सरकारको तवरबाट हुनुपर्छ । यसरी सबै तवरबाट जनस्वास्थ्यप्रति जिम्मेवार हुनसके संक्रमणको जोखिम अवश्य कम हुन्छ,” डा. वन्तले भने ।
अब जनस्वास्थ्यका मापदण्डबारे कसरी हुन्छ अनुगमन ?
निषेधाज्ञा खुकुलो भएसँगैे प्रहरी प्रशासनको नियमित अनुगमन टोली, विषेश अनुगमन टोलीद्वारा जनस्वास्थ्यका मापदण्ड पालना भए/नभएको अनुगमन गर्ने सरकारको योजना छ । राजधानीका मुख्य भिडभाड हुने २० भन्दा बढी क्षेत्रमा अनुगमन टोली खटाइनेछ । विशेष अनुगमन टोलीले गोप्य रूपमा भिडभाड नियन्त्रणको काम गर्नेछ ।
त्यस्तै सवारी साधन सञ्चालनमा मापदण्ड लागु भए/नभएको अनुगमन गर्न ट्राफिक प्रहरीको काम कारबाहीलाई अझै सक्रिय गराइनेछ । ट्राफिक प्रहरीले कारबाही गरेको प्रतिवदेन तथा तथ्यांककका आधारमा अनुगमन गरिनेछ ।
यति हुँदाहुँदै पनि निषेधाज्ञामा खुला गरिएका मापदण्डबाहेकका क्रियाकलाप गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।
