भर्चुअल रुपमा चार दिनसम्म सञ्चाल भएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा राजेशप्रसाद खत्रीले निर्देशन गरेको जुलुङ्गो (स्केरक्रो)ले लघु फिल्मतर्फको उत्कृष्ट जुरी अवार्ड जितेको छ । त्यस्तै लघु फिल्मतर्फ कै प्याट हेवुड र जेमिल मेगिनिसको चलचित्र ‘ग्रामर्सी’ले पनि अवार्ड हात पारेको छ ।
सोमबार सम्पन्न महोत्सवमा रामदास कदावल्लुरको फिल्म ‘मन्नु : स्प्राउट्स अफ एन्डुरेन्स’ ले स्पेसल जुरी मेन्सन अवार्ड पाएको छ । त्यस्तै सोफिया अलावीको फिल्म ‘सो ह्वाट इफ गोट्स डाइ’ ले पनि स्पेसल जुरी मेन्सन अवार्ड प्राप्त गरेको छ ।
