नियमित कार्यालय सरसफाई लगायतको सहयोगी काम गर्ने उनी पछिल्लो समय भने खोप ओसार्न सघाउने गर्थिन। उनी कार्यरत स्वास्थ्य केन्द्रमा असार १ गते ६२ वर्ष भन्दा माथिका वृद्धवृद्धालाई खोप (भेरोसिल) लगाइयो। बचेका केही डोज खोप र कागजात अस्मिताले बुधबार (असार २ गते) जोगबुढा अस्पताल पुर्याउनु पर्ने थियो। खोप र कागजात पुर्याउन उनी बुधबार बिहान जोगबुढा अस्पतालतर्फ हिडिन्।
जमरानी स्वास्थ्य केन्द्रबाट जोगबुढा अस्पताल करिब १०/१५ किलोमिटरको दुरीमा छ। जोगबुढा अस्पतालसम्म पुग्न गाडीको सेवा भए पनि निरन्तरको वर्षाले सडक बिग्रेकोले त्यो दिन गाडी चलेका थिएनन्। स्थानीयका अनुसार हिँडेर स्वास्थ्य केन्द्रबाट जोगबुढा अस्पताल पुग्न झण्डै तीन घण्टा समय लाग्छ।
बेलुका घर फर्किनु पर्ने अस्मिता त्यो दिन अबेर रातिसम्म पनि घर फर्किदैनन्। ढिलो भयो भने कहिले काहीँ उनी स्वास्थ्य केन्द्र नजिकै बस्ने आफन्त (मामा ससुरा) कहाँ बस्ने गर्थिन्। बुधबार बेलुकासम्म पनि उनी घर नपुगे पछि परिवारले आफन्त कहाँ गएको अड्कल काटे। अर्को दिन (बिहीबार असार ३ गते) स्वास्थ्यचौकीमा सम्पर्क गरेर बुझ्दा उनी कार्यालयमा अनुउपस्थित रहेको जानकारी आयो। त्यस पछि मामा ससुरा लगायत अन्य आफन्त सोधखोज भयो तर उनको केही अत्तोपत्तो चलेन।

खोप पुर्याउन गएकी अस्मिता सम्पर्कविहिन भए पछि श्रीमान र आफन्त झस्किए। तीन दिनदेखि आमा घरमा नआएकाले उनका स–साना दुई छोरी आमाको पर्खाइमा थिए। हराएको आशंका गर्दै शुक्रबार बिहानैदेखि केही स्थानीयहरुले जमरानीदेखि जोगबुढासम्म सोधखोज गर्दै हिँडे। तर अस्मिताको पत्तो भने केही लागेन।
फेरी शनिबार बिहानैदेखि स्थानीयले अस्मिता हिँडेको बाटो र आसपासको क्षेत्रमा खोजी तीब्र पारे। कोरोनाको खोप पुर्याउन हिँडेकी उनलाई स्थानीयले जंगलमा मृत फेला पारे। जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका अनुसार जोगबुढा अस्पताल जाने बाटोबाट करिब ७० मिटर भित्र स्थानीय हट्वानी सामुदायीक वनमा अस्मिताको श,’व भेटिएको थियो।
श,’व नजिकै अस्मिताको एक चप्पल, मास्क, उनले बोकेको खोप फेला परेको प्रहरीले जनाएको छ। घ,टनाको प्रकृति हेर्दा ह’ ‘त्या गरेर फालिएको हुन सक्ने परशुराम नगरपालिका–८ का वडाध्यक्ष गोविन्द सिंह बोहराले आशंका व्यक्त गरे। ‘टा’उकोमा चो’ट छ, बं’गा’रा भाँ’चि’ए’का छन्,’ उनले भने, ‘घ,टना प्रकृति हेर्दा ह’ ‘त्या भएको जस्तो देखिन्छ।’
उनका श्रीमान् भारतमा रोजगारी गर्छन्। आजभोली भने उनी घरमै छन्। उनका ३ र ६ वर्षका दुई छोरी छन्। घटनाको सत्यतथ्य छानविन गरि दोषिलाई कारबाहीको दायरामा ल्याउन स्थानीयले माग गरेका छन्। अस्मिताको घटनाको आशंकामा अनुसन्धान सुरु भएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसपी योगेन्द्र सिंह थापा बताउँछन्।
उनका अनुसार ईलाका प्रहरी कार्यालय, जोगबुडाको अनुसन्धानलाई सघाउन प्रदेश प्रहरी का’र्यालय र संघीय प्रहरी इकाइ कार्यालयबाट दुई छुट्टा–छुट्टै अनुसन्धान टीम घ’टनास्थलमा परिचालन गरिएको हो। संघीय प्रहरी इकाइ कार्यालयका डिएसपी ल,’क्ष्मण शाही र प्रदेश प्रहरी कार्यालयका सई पदम थापाको नेतृत्वको अनुसन्धान टोली आइतवार दिउँसो घ,’टनास्थल पुगेको छ।
‘बाहिरी चो ट केही देखिएको छैन। घटनाबारे सोधपुछ गर्ने कार्य भइरहेको छ,’ एसपी थापाले भने, ‘पोष्टमार्टमका लागि श,व अस्पतालमा छ। पोष्टमार्टम पछि केही जानकारी प्राप्त होला।’ अस्मिताको श’व पो,ष्टमार्टमका लागि अहिले जोगबुडा अस्पतालमा राखिएको छ।
