८ असार, काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएसँगै असार १ गतेदेखि देशभरका विद्यालयमा भर्ना अभियान थालिएको छ । भर्ना अभियान सुरु भएको एक सातामै केही सामुदायिक विद्यालयहरूमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढेको छ ।
कोरोना महामारीको प्रभावका कारण सामुदायिक विद्यालयहरूमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढिरहेको उनीहरूको भनाइ छ । कोरोना महामारीका कारण व्यापार, व्यवसाय सबै ठप्प हुँदा धेरै अभिभावकको आयस्रोत पनि बन्द भएको छ । यस्तो अवस्थामा पनि निजी विद्यालयले अनलाइन कक्षाका नाममा लिने महंगो शुल्क र पढाइएको प्रभावकारिता नदेखिँँदा सामुदायिक विद्यालयतर्फ आकर्षण बढेको प्रधानाध्यापकहरू बताउँछन् ।
