बिषय बनेको छ। यसै घ,’टनाको बारेमा रबि लामिछाने म स,’त्य र सबिता भण्डारीको न्यायको पक्षमा छु भन्दै आफ्नो अफिसियल फेसबुक बालमा यस्तो स्टाटस राखेका छ्न।
सबिता भण्डारी प्रकरणमा चितवनका दाजुभाइ दिदीबहिनीहरुको सन्देश मैले पाएको छु। तर यहाँहरुलाई अवगत नै होला कि म अहिले कुनै टेलिभिजन कार्यक्रम संचालन गरीरहेको छैन। यसको अर्थ यो लगायत कुनै पनि घ’टनाको विस्तृत रिपोर्टिङ गर्न सकेको छैन।
तर अब चाडैं नै न्बबिहथ द्धप् को प्रशारण शुरु हुदैछ र हाम्रो टिमले यस घ’टनाको विविध पाटोको अध्ययन र प्रहरी अनुसन्धानको फलोअप निरन्तर गरिरहेको छ। एक भेटमा प्रहरी महानिरीक्षक ज्यु सँगपनि यस घटना बारे बुझ्ने प्रयास गरिसकेको छु।
म सदा झै पीडितले न्याय पाउन् भन्ने पक्षमा छु।सबिताको न्यायका लागि लकडाउनले गर्दा सडकमा र कार्यक्रम नभएकाले टेलिभिजनमा बोल्न नसकेको मात्र हो।सम्मानित अदालतमा बिचाराधिन यो मुद्दालाई मिडियाले धेरै गिजोलेको आरोप स्वयं पीडित परिवार पक्षले समेत अभिव्यक्त गरिरहेको सन्दर्भलाई हामीले मनन गरिदिनु पर्छ।
अपराध अनुसन्धान जस्तो जटिल विषय लाई अनुमान र अड्कलका भर मा केवल सार्वजनिक खपतका लागि बोल्नु कदपि उचित हुदैन। त्यसैले केही समय धैर्य पुर्वक प्रतीक्षा गरिदिनु होला। म स्वभावैले निशर्त सत्य र न्यायको पक्षमा छु। यसर्थमा म सबिता भण्डारीको न्यायको पक्षमा छु। #justiceforsabitabhandari
