कञ्चनपुरमा स्थानीयले आफ्नै खेत जोत्न खोज्दा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन्। जिल्लाको बेलौरी नगरपालिका-१० स्थित सडकघाटमा नेपाली नागरिकले बुधबार आफ्नो खेत जोत्न खोज्दा भारतीय एसएसबीले अवरोध गरेको हो।
लालपुर्जा समेत भएको खेत जोत्न गएका बेलौरी-१० का निवर्तमान वडाध्यक्ष हरिलाल चौधरीलाई एसएसबीले खेत जोत्नमा रोक लगाएको छ। उक्त जमिन भारतमा पर्छ भन्दै बताउँदै आफूलाई खेत जोत्न नदिइएको उनले बताए। तर, आफूले सो जमिनको कर तिर्दै र चलनभोग गर्दै आएको उनको भनाइ छ।
यो क्षेत्रमा सीमा विवादको समस्या पुरानै हो। नेपाल सरकारले यो समस्या समाधानका लागि पहल नगरेको त्यहाँका स्थानीयको गुनासो छ।
