लोकसेवा र लाइसेन्सको जाँच दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। हेटौंडाबाट लोकसेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षाको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।
लोकसेवाको सहायक चौथो तहको परीक्षामा महोत्तरीको साविक पोखभिण्डा गाविस बस्ने अभयकुमार यादवको परीक्षा दिइरहेका कास्कीको पोखरा महानगरपालिका–२ का ४२ वर्षीय दीपेन्द्रप्रसाद बास्ताकोटी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले बास्ताकोटीलाई नियन्त्रणमा लिएको हो। बस्ताकोटीको झोलाबाट प्रहरीले ५८ हजार ५ सय रुपैयाँ, अभयकुमार यादवको नामको नागरिकता, महोत्तरीकै सुजितकुमार साह, धनुषाका हीरा कुमारी, र विनोदकुमार महतोको नामको नागरिकता समेत बरामद गरेको छ।
