अभिनेता पुष्प खड्काको रहस्यमयी प्रेम सार्वजनिक भएको छ।
उनको यो प्रेम गायिका रानी शाक्यको नयाँ गीतमा प्रस्तुत गरिएको छ। रानीको ‘धेरै प्रश्न’ बोलको गीतमा पुष्पलाई प्रस्तुत गरिएको हो।
सार्वजनिक गीतमा राजेश शाक्यको शब्द तथा कल्याण सिंहको संगीत सुन्न सकिन्छ।
सार्वजनिक गीतमा मायामा समर्पणको भाव प्रस्तुत गरिएको छ। गीतमा माया गरेको मान्छे टाढा हुँदा पनि उसँग गाँसिएका प्रश्नहरु भने आफैंसँग हुने मर्म बोकेको छ।
सार्वजनिक गीतको म्यूजिक भिडियो दीपेन्द्र लामाले निर्देशन गरेका हुन्। दिपेन्द्रले पुष्पको रहस्यमयी प्रेम प्रस्तुत गर्न सलिना खत्री र कृष्ण सिवाकोटीको साथ लिएका छन्।
यी तिनै कलाकार भिडियोमा अब्बल देखिएका छन्।
दीपेन्द्रकै कथा रहेको म्युजिक भिडियोको छायांकन बुद्ध थापाले गरेका छन्।
निर्मल खत्रीको कोरियोग्राफी रहेको भिडियो सम्पादन कृष्ण भण्डारीले सम्पादन गरेका हुन्।
भिडिओ-
