बलिउड अभिनेत्री महिमा चौधरीलाई स्तन क्यान्सर भएको छ । स्तन क्यान्सरका कारण गरिएको किमो थेरेपीले महिमाको कपाल झरेका छ र उनलाई लगभग चिन्न मुश्किल छ ।
अनुपम खेरले महिमा चौधरीलाई भने हिरो
आफ्नो बारे बताउँदै गर्दा भावुक भइन् महिमा
महिमा चौधरीले आफ्नो बारे जानकारी दिने क्रममा अनुपम खेरले उनलाई फिल्मका लागि फोन गर्दा अस्पतालमा उनको उपचार चलिरहेको बताइन् । महिमाले भनिन्, ‘मलाई त्यतिबेला वेब सिरिज र फिल्म गर्नका लागि अत्यधिक फोन आइरहेको थियो तर मैले ती अफर स्वीकार गर्न सकिरहेको थिइनँ किनभने अहिले मेरो टाउकोमा कपाल थिएन ।’
उनले थपिन्, ‘जब अनुपम खेरले मलाई फिल्ममा काम गर्न अफर गरे तब मैले अस्वीकार गर्न सकिनँ र ‘फिल्ममा विग लगाएर आउँ’ भनेर सोधेँ । ’
आफ्नाबारे बताउँदै गर्दा महिमा भावुक पनि भइन् । उनले आँसु पुछ्दै आफूबारे बताइरहेका थिए । उनले भनेकी छिन्, ‘ममा क्यान्सरको कुनै लक्षण थिएन । म वार्षिक रुपमा रुटिन चेकअप गर्छु, त्यति नै बेला मेरो स्तनमा क्यान्सर हुनसक्ने कुरा आएको थियो ।’
