सुर्खेतका बाढि,पिडित,हरुका प्रत्येक वर्ष को वर्षायाम सुरु हुने बित्तिकै मुटु काम्न थाल्छ। उनीहरु त्यो सात वर्ष पहिलेको विपत्ति सम्झिन्छ्न। अर्थात २०७१ साउन २९ गते राती आएको बाढी।
त्यो बाढीमा सुर्खेतका १ हजार ४५ घरपरिवार विस्थापित भए र बाढिमा १२५ जनाको मृ,’त्यु भएको थियो। उनिहरुले करौडौ रुपैयाँ बराबरको धनमाल संगै परिवारका सदस्य समेत गुमाए।
विरेन्द्रनगरको इत्राम खोला,बराहताल गाउँपालिकामा भेरी नदिमा आएको बाढी,बस्तिमा पस्दा घरजग्गा सबै एकैछिनमा बगरमा परिणत भए। सात वर्ष देखि बाढी,पीडित,हरु कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर नगरपालिका(७ इत्राम नजिक अस्थायी शिविरमा त्रिपालको टहरा बनाएर बस्दै आएका छ्न।
यत्तिका वर्ष बितिसक्दा पनि सरकारले कुनै बसोबासको व्यवस्था गर्न नसकेको उनीहरु बताउँछन्। बरु उल्टै तीन लाख रुपैयाँ दिएर दशैं अगावै शिविरबाट बिदाई गर्ने निर्णय समेत गरेको छ। सरकारले पुर्नस्थापनाका लागि बारम्बार आश्वासन दिएको तर कार्यान्वयन भने नभएको पिडितहरुको गुनासो छ।
