काठमाडौं: तनहुँको बन्दीपुर गाउँपालिका–१ बाघदलेमा चितुवा नियन्त्रणका लागि फलामे खोर राखिएको छ। शनिबार राति र आइतबार बिहान चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि डिभिजन वन कार्यालय तनहुँको सहयोगमा खोर राखिएको हो।
बन्दीपुर–१ बागदलेमा चितुवाको आक्रमणबाट भीमलाल गरञ्जा र बन्दीपुर–४ टावरमा आठ वर्षीया रियाना थापा घाइते भएका छन्। उनीहरुलाई चितुवाले घरमै आक्रमण गरेको हो। दुवै जनाको डुम्रेमा रहेको मोती मेडिकलमा उपचार गरिएको र अवस्था खतरामुक्त रहेको बताइएको छ।
