रोल्पामा पहि,रोले घर भ,त्किँदा एकै परिवारका तीनजनाको मृ,त्यु भएको छ । उनीहरुको घट,नास्थलमै मृ,त्यु भएको रोल्पाका प्र,हरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।
मंगलबार मध्य राति रोल्पा नगरपालिका–९, होमाको गर्पामा घरमाथिबाट पहिरो खस्दा सुतिरहेका ८६ वर्षीया हजुरआमा कर्मिता बुढा, १६ वर्षीया नातिनी स्यामकला र १८ वर्षीया नातिनी बुहारी सुशीला बुढाको मृत्यु भएको डीएसपी सुवेदीले बताए ।
उक्त घट,नामा परी थप तीनजना घा,इते छन् । घाइ,तेमध्ये एकजनाको अवस्था ग,म्भीर छ । घरमूली ४० वर्षीय टिकासिंह बुढा ग,म्भीर घाइते भएको र उनको उद्धारको लागि हेलिकोप्टर मगाइएको डीएसपी सुवेदीले जानकारी दिए ।
ग,म्भीर घा,इते बुढाको टाउको, खुट्टा, ढाडलगायतमा चोट लागेको छ । उपचारका लागि जिल्लाबाहिर लैजानुपर्ने भए पनि प,हिरोका कारण सडक अवरुद्ध भएकोले उद्धारको लागि हेलिकोप्टर मगाइएको सुवेदीले बताए ।
घट,नामा परी टिकाकी श्रीमती ४५ वर्षीया सुनमाया बुढा र उनीहरुका नौ वर्षीय छोरा शक्तिमान पनि घा,इते भएका छन् । उनीहरुको अवस्था भने सामान्ने रहेको प्र,हरीले जनाएको छ ।
प,हिरो घरमा खसेपछि माथिल्लो तलामा सुतेका दुईजना र तल्लो तलामा सुतेका एकजनाको घट,नास्थलमै मृ,त्यु भएको प्र,हरीले जनाएको छ । बाटो अवरुद्ध भएका कारण मृ,तकको श,व पोस्ट,मार्टमका लागि जिल्ला अस्पतालसम्म पुर्याउन नसकिएको डीएसपी सुवेदीले बताए ।
