शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ बुधबार बिहान महानगरीय प्रहरी वृत्त सिंहदरबारमा गए।
जातका कारण सञ्चारकर्मी रूपा सुनारलाई आफ्नो घरमा कोठा भाडा नदिएको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई रिहा गर्न उनी प्रहरी कार्यालय पुगेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले गरेको अनुसन्धान अपूरो भएको भन्दै थप अनुसन्धान गर्न भनेपछि प्रहरीले उनलाई रिहा गरेको थियो।
प्रधानलाई लिन शिक्षा मन्त्री श्रेष्ठ प्रहरी चौकी पुग्दा प्रधानको पक्षमा ठूलो भीड उपस्थित भएको थियो। भीडले प्रधानले आफूलाई जातकै आधारमार कोठा भाडामा नदिएको भनी उजुरी दिएकी रूपा सुनारविरूद्ध नारा लगाएको थियो।
प्रधान छुटेपछि भीडले सिठी बजाउँदै, हो-हल्ला गर्दै ‘रूपा सुनार-मुर्दावाद!’ भन्ने नारा लगाएको थियो।
रिहा भएपछि त्यहाँ उपस्थित शिक्षा मन्त्री श्रेष्ठ उनलाई लिएर आफ्नो गाडीमा लिएर गए।
अनि आफ्नो झन्डावाला गाडीमा राखेर प्रधानलाई उनको घरसम्म पुर्याइदिए
