पत्रकार रूपा सुनारलाई थरका कारण आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधान बुधबार रिहा भएकी छिन्।
जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए। यसअघि प्रहरीले घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।
अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो। सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको बताइएको छ।
