काठमाडौं-७ कालोपुलस्थित गुरूङ बस्तीमा बस्ने धनबहादुर तामाङले सन्तोषी सुब्बालाई १८ वर्षअघि चाबहिलमा भेटेका थिए।
धनबहादुर साइकलमा चप्पल बेच्थे। त्यही सिलसिलामा सन्तोषीलाई लुखुरलुखुर डुलिरहेको भेट्टाउँथे।
सन्तोषी धनबहादुरको नजिक आइरहन्थिन्, उनी बेवारिसे थिइन्। धनबहादुर जति चाबहिल जान्थे, त्यतिपटक उनलाई भेट्थे।
त्यसबेला उनी जम्मा ९ वर्षकी हुँ भन्थिन्। घर कहाँ हो, बुवा-आमा को हुन्, उनी भन्न सक्दिन थिइन्।
यत्ति भन्थिन्- नाम सन्तोषी सुब्बा।
‘अलि एकोहोरो खालकी थिइन्,’ धनबहादुरले भने, ‘बुवाले सौतेनी आमा ल्याएपछि आफू हिँडेको बताउँथिन्।’
काभ्रेका धनबहादुर ३३ वर्षदेखि काठमाडौंमा छन्।
रोजगारीको सिलसिलामा काठमाडौं आएर गुरूङ बस्ती पसेका धनबहादुरलाई सन्तोषीको त्यो अवस्था देखेर माया लाग्यो।
धनबहादुर आफैंको सहारा कोही पनि थिएन। श्रीमतीले छोडेपछि उनी एक्लै थिए।
छोराछोरी नभएका उनले ठाने – यिनलाई धर्मपुत्री बनाएर राख्छु। त्यही उद्देश्यले सन्तोषीलाई उनले आफ्नो छाप्रोमा ल्याए।
अहिले ५३ वर्ष पुगेका धनबहादुरले छोरी बनाएर राखेपछि सन्तोषीलाई पढाउन चाहेका थिए। कालोपुलनजिक एउटा असहाय र गरिबलाई नि:शुल्क पढाउने स्कुल थियो।
उनले स्कुल पठाउन थाले। तर, सन्तोषी खाजा खाने समय भएपछि भागेर घर आइपुगिहाल्थिन्।
‘पढाइमा रूची नै थिएन, कति कोसिस गर्दा पनि मैले उनलाई स्कुलमा अड्याउन सकिनँ,’ हाल प्र,ह”रीकहाँ बयान दिन व्यस्त रहँदैगर्दा धनबहादुरले संक्षिप्त कुराकानी हुँदा भने।
स्कुलमा नअडिएकी सन्तोषी पशुपन्छीप्रति त्यतिबेलैदेखि दयालु थिइन्। उनी कहिले भर्खर उड्ने प्रयत्न गरिरहेको तर उड्न पारंगत नभएका काग, रुप्पी र भँगेराका बच्चा घरमा ल्याउँथिन्।
कहिले बिरालो, कहिले कुकुरका छाउरा घरमा ल्याउँथिन्।
‘सानैदेखि उनी जनावरसँग प्रेमिल थिइन्, उनको रूची यस्तै भएपछि मैले केही भन्न सकिनँ, अलिअलि चराचुरूङ्गीको आवाज निकाल्थिन्,’ धनबहादुरले भने, ‘पढाइमा रूची नराखेपछि मेरो केही लागेन।’
सन्तोषीको बा,ल्य”का,ल त्यसरी नै बित्यो। चार पाँच वर्षअघिबाट भने जनावरहरूको आवाज दुरुस्तै निकालेर सुनाउन थालेपछि वरपरका मान्छेहरू छक्क पर्न थाले।
एक कान-दुई कान गर्दै सन्तोषीको कला युट्युबरहरूको कानमा पुग्यो। उनी युट्युबमा छाउन थालिन्।
‘म धेरैजसो बाहिर-बाहिर हुन्थेँ, उनी भने भिडिओमा अन्तर्वार्ता दिँदै हिँड्थिन्, मोबाइल चलाउन भने एकदमै मन पराउँथिन्,’ धनबहादुर भन्छन्।
सन्तोषीको माथिपट्टिका दाँत फुकालेको तीन वर्षअघि हो। उनी दाँत माझ्न मान्दै नमान्ने।
‘दाँत खिइँदै गिजासम्म पुगेपछि मैले वीर अस्पताल लगेर फुकालिदिएको हुँ,’ धनबहादुर भन्छन्, ‘दाँत निकालेपछि त झन् राम्रोसँग पशुपन्छीको आवाज निकाल्न थालिन्।’
धनबहादुर अहिले पनि साइकलमा चप्पल डुलाउँदै बेच्दै हिँड्छन्।
‘पहिले-पहिले बिहान-बेलुका खाना पकाएर खुवाउँथिन्, अन्तर्वार्ता दिँदै हिँड्न थालेपछि उनी व्यस्त भइन्, पछिल्लो समय घरको काम खासै गर्दिनन् थिइन्,’ धनबहादुर भन्छन्।
तिनै धर्मपुत्री छोरी असार ५ गते अ,चा”नक हराइन्। अपराह्न फोन उनैको आयो – म फर्पिङमा छु, भोलि फर्किन्छु है। यति भनेपछि धनबहादुर ढुक्क भएछन्।
६ गते फर्किन्छु भनेकी छोरी आइनन्। ८ गते त ह”त्या, भएको खबर धनबहादुरको कानमा पर्यो।
बुधबार धनबहादुर आफूले सानैदेखि हुर्काएकी छोरीको मृत शरीर हेर्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए।
‘अनुहार नै नचिनिने गरेर मारेछन् पापीहरूले, छोरीको त्यस्तो क्षतविक्षत अनुहार हेर्दा गलेर फुत्रक्क भएँ,’ धनबहादुर भावुक भए, ‘खै सर, यस्ती मान्छेलाई लगेर किन यसरी मा”रि,यो, म न्याय खोजिरहेको छु, प्र,ह’री सरहरूसँग छु।’
बिहान सबेरैदेखि चप्पल डुलाएर हिँड्ने धनबहादुरले पनि सन्तोषीको बारेमा विस्तृत ख्याल राख्न छोडेका रहेछन्।
‘कहाँ कसरी जान्थिन्, म बाहिर-बाहिरै भएँ थाहा धेरै पाइनँ,’ धनबहादुरले भने।
पछिल्लो फोन वार्तामा पनि सन्तोषीले आफू फर्पिङसम्म पुग्नुको कारण उल्लेख गरिनन्, मात्र भोलि आउँछु भनिन्।
‘उनी कसरी त्यहाँ पुगिन्, मैले केही सोध्न पनि पाइनँ, बुझ्न पनि,’ धनबहादुरले भने।
मंगलबार बिहान दक्षिणकाली मन्दिर परिसरको एउटा प्रयोगविहीन शौचालयमा सन्तोषीको श,व’ फेला परेको थियो। च्याउ टिप्न गएका महिलाले देखेर आत्तिँदै फोन गरेपछि प्रहरीहरूको जमात नै घ,ट”नास्थ,ल पुगेको थियो।
सन्तोषीलाई क्रुर ढंगले हत्या गरिएको अनुसन्धानमा संलग्न प्र,ह”री अधिकृत र पोस्टमार्टममा संलग्न चिकित्सकले बताएका छन्।
अनुसन्धानकर्मी प्र,ह”रीहरूलाई पनि अहिले पनि लागेको छ- सामान्य युवतीलाई त्यहाँसम्म डोर्याएर यति क्रुर ढंगले मारिनुपर्ने कारण के हुनसक्छ?
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्र,ह”री वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङ भन्छन्, ‘साधारणतया धनसम्पत्ति वा यौनजन्य कार्यले यस्तोखाले घ,ट”ना देखिने गरेका छन्।’
तर, उनलाई ह”त्या” गर्नुपर्ने कारण अहिले पनि खुलिसकेको छैन। प्रहरीले सन्तोषीले बोक्ने गरेको मोबाइल नम्बर पत्ता लगाएर अनुसन्धान गरिरहेको छ।
‘अनुसन्धानको घेरा केही साँघुरो भइसकेको छ, शंकास्पद व्यक्ति हाम्रो निगरानीमा छन्,’ अपराध अनुसन्धान महाशाखाका प्र’ह”री उपरीक्षक कृष्ण पंगेनीले भने, ‘हत्या योजनावद्ध नै देखिन्छ। तर, अनुसन्धानले ठ्याक्कै ट्रयाक समातिनसकेको अवस्थामा यही हो भनेर किटान गर्न सक्ने अवस्था छैन। चाँडै नै निचोडमा पुग्छौं।’
अनुसन्धान अधिकृतका अनुसार उनी असार ५ गते फर्पिङस्थित पद्मा सम्भव गेष्ट हाउसमा एक्लै बसेको देखिएको छ।
त्यसदिन उनले बुवा धनबहादुरलाई फोन गरी ६ गते घर आउँछु भनेकी थिइन्। धनबहादुरले पनि यो कुरा भनिसकेका छन्।
‘फर्पिङबाट दक्षिणकालीसम्म एक्लै गएको देखिएको छ,’ एक अनुसन्धान अधिकृतले भने।
त्रिवि शिषण अस्पतालको फरेन्सिक टोलीले सन्तोषीको पोस्टमार्टम सकिएको जनाएको छ।
सन्तोषीको भजाइनल स्वाब संकलन गरिएको छ। यसबाट उनीमाथि बलात्कार भए नभएको खुल्ने छ।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सक गोपाल चौधरीका अनुसार सुरूमा उनको घाँटी कसेर हत्या गरिएको देखिएको छ। त्यसपछि अनुहार नचिनियोस् भनी ढुंगाले क्षतविक्षत पारिएको छ।
उनको दाहिने छातीतर्फका दुई वटा करङ भाँचिएका छन्। पेटमा बेस्सरी हिर्काएकाले आन्द्रा सुन्निएका थिए।
उनको मृ,त शरीरमा टु पिस लुगा थियो। उनको भित्री वस्त्र (पेन्टी) घ,ट”नास्थ,लबाट केही टाढा फालिएको थियो। सन्तोषीको शवसँगै छोरा मान्छेले लगाउने पेन्टी फेला परेको थियो।
‘भजाइनल स्वाब निकाल्दा यौनांगमा नीलो डाम देखिएको छ, बाँकी त्यसको रिपोर्ट आएपछि थाहा हुन्छ,’ फरेन्सिक विज्ञ डा. चौधरीले भने।
घ,,टना”स्थलमा पुगेका चौधरीले मासुबाट छुट्टिएर फेला परेको दाँतको हड्डी हेरेका थिए। उनले त्यतिबेलै भनेका थिए – मृ,त”कका केही दाँत पहिलेदेखि नै थिएनन्।
सन्तोषीका केही दाँत कसरी थिएनन् भन्ने कुरा उनका धर्मपिता धनबहादुरले पनि खुलाइसकेका छन्।
