एम्सका फोरेन्सिक विज्ञहरूले पुरुषको मृत्युको कारण पत्ता लगाएपछि चिकित्सा निकायले सबैलाई ‘होसियारीका साथ मःम खान’ सुझाव दिएको छ । उनलाई दिल्लीको एम्समा मृत अवस्थामा पर्याइएको थियो ।
मदिराले मातेका ती व्यक्ति सडक छेउको एउटा पसलमा मःम खाइरहेका थिए । खाँदा खाँदै उनी अचानक भुइँमा ढलेका थिए । पोष्टमार्टम रिपोर्टमा उनको श्वास नलीमा एउटा मःमको डल्लो अड्किएको फेला परेको थियो । डाक्टरहरूले पनि मःमको डल्लो अड्किएर उनको मृत्यु भएको निस्कर्ष निकालेका थिए ।
मःम अड्किदा न्युरोजेनिक कार्डियाक अरेस्ट भएको चिकित्सकले निष्कर्ष निकालेका छन् ।
