काठमाडौं महानगरपालिका–२९ कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा ४ जना विद्यार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा म्याग्दी घर भएका १८ वर्षीय जोसेन बानियाँ, रामेछापको मन्थली घर भएका १८ वर्षीय विपिन खत्री, ओखलढुंगा घर भएका १८ वर्षीय प्रतीक खतिवडा र काठमाडौंको टोखा घर भएका १८ वर्षीय सञ्जीव भण्डारी उर्फ अनमोल छन् । आरोपीहरु ट्रिनिटी कलेजमा मानविकी संकायमा ११ कक्षामा अध्ययनरत छन् ।
