काठमाडौं : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी पारित भएपछि अमेरिकाको हस्तक्षेप बढ्न थालेको तर्क गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले असंलग्न परराष्ट्र नीतिमा असन्तुलन पैदा हुने कार्य नगर्न सरकारलाई सुझाव दिए।
‘एमसीसी पारित भएपछि अमेरिकाको हस्तक्षेप बढ्न थालेको छ,’उनले भने,’असंलग्न परराष्ट्र नीतिमा असन्तुलन पैदा हुने कार्य नगरौं।’
यस्तै लिङ्देनले संघीय निर्वाचन नजिकिदै गएको भन्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्षर धाँधलीरहित बनाउन स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने माग गरे।
