दक्षिण अफ्रिकाकी एक जना महिलाले यसै महिनाको सुरुमा १० वटा बच्चा जन्माएको दाबी अ,सत्य रहेको एउटा आधिकारिक अनु,सन्धानले पत्ता लगाएको छ। खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा त्यसरी बच्चा जन्मिएको
अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको हो। स्वास्थ्य परीक्षणले गोसियामे थमारा सिथोले हालै गर्भवती समेत नरहेको देखाएको थियो।
ती ३७ वर्षिया महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी का,नुन अन्तर्गत निग,रानीका लागि निय,न्त्रणमा लिइएको छ र उनलाई सहयोग उपलब्ध गराइने भनिएको छ।
विज्ञप्तिमा झु,ट्टा समाचार दिनुको कारणबारे भने खुलाइएको छैन। प्रिटोरीआ न्यूजको स्वामित्वमा रहेको इन्डिपेन्डेन्ट अनलाइनले (आइओएल) यसबारे सुरुमा समाचार प्रकाशित गरेको थियो।
आफ्नो समाचार सही रहेको उसले यसअघि बताएको थियो। उक्त अनलाइनले सिथोलेले जुन ७ मा स्टिभ बिको एकेडेमिक हस्पिटलमा उनले बच्चा जन्माएको उल्लेख गरेको थियो। प्रिटोरियाका स्वास्थ्यकर्मीहरूको तयारी क,मजोर रहेको भन्दै उसले अस्पताल र स्वास्थ्य अधिकारीहरूले आफ्नो लापरबाही ढाक्न खोजेको उल्लेख गरेको थियो।
पछिल्लो विज्ञप्तिमा भनिएको छ, “यी आरो,पहरू झु,ट्टा, अप्र,माणित र स्टिभ बिको एकेडेमिक हस्पिटलको राम्रो छवि धमिल्याउने उद्देश्यले आएका हुन्।” प्रिटोरिया न्यूजका सम्पादक पिट रामपेडी र आइओएल अनलाईनविरूद्ध का,नुनी कार,बाही गरिने पनि विज्ञप्तिमा भनिएको छ।
सिथोले आफ्ना जोडी टेबोहो सोतेत्सी र ६ वर्षमा जुम्ल्याहाहरूसँगै जोहानेसवर्ग नजिकै पर्ने खाउटेङ् प्रान्तको थेम्बिसामा बस्दै आएकी छन्।
आइओएल अनलाइनका अनुसार रामपेडी जाने गिर्जाघरमा उनीहरू पनि प्रार्थनाका लागि जान्छन् र डिसेम्बरमा उनीहरूको चिनजान भएको थियो। मे महिनामा उनले उक्त जोडीको अन्तरवार्ता लिएको र त्यसमा उनीहरूले आठ जना बच्चा अपेक्षा गरिरहेको बताएको दा,बी गरिएको छ।
एउटा फोटोमा सिथोलेको गर्भ एकदमै ठूलो देखिन्छ। प्रिटोरिया न्यूजले जुन ८ मा १० जना बच्चाको आश्च,र्यजनक जन्मबारेको ख,बर प्रकाशन गरेको थियो जसमा सोतेत्सीलाई श्रोत उल्लेख गरिएको थियो। पछि सोतेत्सीले सिथोलेबाट त्यस्तो सन्देश पाएको बताएका थिए। उनले कोरोनाभाइरसको निषेधाज्ञाका कारण आफूलाई अस्पताल जान नदिइएको उल्लेख गरेका थिए।
रामपेडीले ह्वाट्सएप सन्देशलाई आधार मानेका थिए र अस्पतालबाट स्वतन्त्र पुष्टि गराएका थिएनन्। स्थानीय मेयरले पछि त्यसरी बच्चाहरू जन्मिएको पुष्टि गरेका थिए। तर सरकारी प्रवक्ताले पछि स्थानीय नेताले परिवारको कुरा मात्रै सुनेको र कसैले पनि बच्चा नदेखेको बताएका थिए।
त्यसपछि उक्त जोडी र बच्चाहरूका लागि चन्दा र सहयोगको लहर देखा परेको थियो। तर प्रिटोरिया न्यूजले प्रारम्भिक रूपमा कुन अस्पतालमा ती बच्चाहरूको जन्म भयो भन्ने पुष्टि गर्न नसकेपछि आश,ङ्काहरू उत्पन्न भएका थियो। र खाउटेङ्स्थित कैयौँ अस्पतालहरूले त्यस्तो घ,टना नभएको बताएका थियो ।
त्यसपछि सोतेत्सीले सिथोले बे,त्ता भएको उल्लेख गर्दै सहयोग रोक्न आग्रह गरेका विवरण आएका थियो। सिथोलेले चाहिँ बच्चाहरूबाट आर्थिक लाभ लिन चाहेको आ,रोप उनीमाथि लगाएको प्रिटोरिया न्यूजले छापेको थियो। पछि सामाजिक कार्यकर्ताहरूले सिथोलेलाई फेला पारेका थिए र उनलाई शुक्रवार जाँचका लागि अस्पताल भर्ना गरिएको छ।
न्यूज ट्वेन्टी फोरले देखेको भनिएको एउटा चुहिएको मेमोमा रामपेडीले आइओएलसँग उसको ‘प्रतिष्ठामा आँच पुर्याएको’ भन्दै माफी मागेको जनाइएको छ। उनले उक्त समाचारलाई ‘राम्रो अनुभूति दिलाउने’ समाचार भन्दा खोज समाचारका रूपमा आफूले हेरेको भए हुने धारणा राखेका भनिएको छ।
