काठमाडौ । जसपाका नेता महन्त ठाकुरका लागि मंगलवार झट्का दिने खालको घ,ट”ना भयो । सर्वोच्च अदालतले उनको पार्टीवाट नि.र्ण”य गरेर पठाएका ११ जनाको म,न्त्री’पद एकै पटक खारेज
गरिदियो । प्रधानमन्त्री केपी शर्मा ओली आफुहरुको माग प्रति सकारात्मक भएको निष्कर्ष सहित जसपाको ठाकुर पक्ष सरकारमा जाने नि,र्ण”यमा पुगेको थियो ।
तर कम्तीमा ६ महिना सरकार चलाउन पाइएला भन्ने आश गरेका ठाकुरले १५ बित्दा नबित्दै यस्तो नि,र्ण”य आउला भन्ने सोचेका थिएनन् होला सायद । सर्वोच्च अदालतको आदेशसँगै एकसाथ ११ मन्त्री पद गुमाए पछि ठाकुर अबको रणनीति तय गर्न छलफलमा जुटेका छन् ।
अनौपचारीक रुपमा छलफलमा रहेका उनले अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न विहिवार दिउँसो १ बजे बबरमहलमा नेताहरुलाई भेलाका लागि बोलाएका छन् । बैठकमा
समसामयिक राजनीतिक घ,ट’ना”क्र,मका विषयमा छलफल गरिने एक नेताले जानकारी दिए। जसपाको ठाकुर पक्षबाट नेता राजेन्द्र महतोसहित केपी ओली ने”तृृत्व,को सरकारमा ९ मन्त्री र २ राज्यमन्त्री बनेका थिए।
तर दोस्रोपटक संसद् वि,घट”नछि कामचलाउ प्र,धा’न”म,न्त्री बनेका ओलीले गरेको मन्त्रिपरिषद् पुनगर्नठन अवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि एक महिना पनि
नपुग्दै जसपाका सहित २० मन्त्रीको पद गुमेको हो। जसमा जसपाका ११ मन्त्री थिए । आफ्नै पार्टीका उपेन्द्र यादव र डा बाबुराम भट्टराई समुहले विरोध गर्दा गर्दै ठाकुरले सरकारमा जाने
निर्णय गरेका थिए । जसका कारण पार्टी समेत विभाजनको संघारमा पुगेको छ ।
