मुम्बई प्रहरीको टोली विगत चार दिनदेखि दिल्लीमा शिविर राखेर बसिरहेको छ । टाइम्स अफ इन्डियाले एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै उनी चार दिनदेखि दिल्लीमा रहेको बताएको छ ।
उनी भाजपाबाट निलम्बित तथा पूर्व प्रवक्ता नुपुर शर्मालाई समन दिन आएका थिए तर नुपुर शर्मा भने अझै फेला परेकी छैनन् । उनको खोजी गर्ने प्रयास भइरहेको छ तर अहिलेसम्म उनी फेला पर्न सकेकी छैनन् ।
नुपुर शर्मालाई नभेटेका कारण मुम्बई प्रहरीले अब इमेलमार्फत् नै उनलाई समन पठाएको जानकारी दिएको छ । नुपुर शर्माले एक टिभी च्यानलमा बहसका क्रममा पैगम्बर मोहम्मदविरुद्ध विवादास्पद टिप्पणी गरेपछि मुम्बईमा उनी विरुद्ध एफआईआर दर्ता भएको थियो । मुम्बई पुलिस यस एफआईआरसँग सम्बन्धित समन दिन मात्र दिल्ली आएको हो ।
हिन्दुस्तान टाइम्सको समाचार अनुसार मुम्बई प्रहरीले पछिल्लो चार दिनदेखि बिजेपीकी पूर्व प्रवक्ता नुपुर शर्मालाई पछिल्लो चार दिनदेखि फेला पार्न नसकेको शुक्रबार जानकारी दिएको छ । जुन ११ मा मुम्बईको पाइधोनी पुलिस स्टेशनले नुपुरलाई २५ जुनसम्म उपस्थित हुन बोलाएको थियो ।
