चितवन । देशकै मध्यभागमा रहेको भरतपुर महानरपालिकाको नवौं नगरसभा सुरु भएको छ ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभा हलमा सभा सुरु भएको हो ।
सभामा मेयर रेनु दाहालले विभिन्न क्षेत्रमा विनियोजन गरिएका बजेटको विषयमा आफ्नो धारणा व्यक्त गरेकी छन् ।
मेयर दाहालले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र कोरोनाले प्रभावित भएका क्षेत्रहरुलाई आधार मानेर बजेट विनियोजन गरिएको बताएकी छन् ।

