आमा उठ्नु भो, खाना खानु भो ? सन्चो–बिसन्चो के छ ?’ भनेर फोनमा सोधिरहन्थ्यो,’ दोलखा शैलुङ गाउँपालिका–३ काटाकुटीकी सरस्वतीले मसिनो स्वरमा भनिन्, ‘अब कसले सोध्छ त्यसरी ? बल्लबल्ल निदाउँछु, सपनामा पनि खै किन हो, आउँदैन ।
सद्गत गर्न पाए आउँथ्यो कि ।’चीनको हुबेई प्रान्तस्थित वुहानमा उनका ४० वर्षीय छोरा पुष्करको नि’धन भयो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,
भोलिपल्ट परिवारले यो दु:खद खबर पाए । तर अहिलेसम्म न उनको पोस्टमार्टम भएको छ, न श’व नेपाल ल्याउने सुरसार नै । श’वको प्रतीक्षामा रहेकी आमा सरस्वती भगवान्को नाम जप्दै फ्रेममा राखिएको फोटो नियाल्छिन् ।
अर्को वर्ष आउँछु, गाउँमै केही व्यवसाय गरेर सँगै बसौंला है आमा भन्थ्यो,’ आँसु पुछ्दै उनले भनिन्, ‘सँगै बस्ने र भेट्ने त लेखान्तमै रहेनछ ।
’ जसरी पनि चाँडो छोराको श’व ल्याइदिन उनले सरकारसँग गु’हारिन्, ‘जिउँदो भेट्न नपाए पनि छोराको सद्गत गर्ने इच्छा छ, छिटो श’व ल्याइदिनुपर्यो ।’
