ब्राजिलले २-१ को जित हात पारेको खेलमा रेफ्रीले नियमविपरित खेलाएको भन्दै कोलम्बियाका खेलाडीले खेलकै दौरान विरोध गरेका थिए।
खेलको ७८ मिनेटमा ब्राजिलका रोबर्टो फिर्मिनोले बराबरी गोल फर्काउनुअघि रेफ्रीले खेल रोक्नु पर्ने भन्दै कोलम्बियाका खेलाडीले तर्क गरेका थिए।
फिर्मिनोले गोल गर्नुअघि बलले रेफ्री नेस्टर पिटानालाई लागेको थियो। नेइमारको प्रहार रेफ्रीलाई लागेर फर्किएपछि ब्राजिलका खेलाडीको खुट्टामा बल पुगेको थियो। त्यसपछि प्राप्त पासमा
फिर्मिनोले हेडमार्फत बराबरी गोल फर्काएका थिए। *
