कलाकार दुर्गा बञ्जाडेले प्रतिनिधि सभा सदस्यमा अर्घाखाँचीबाट चुनाव लड्ने तयारी गरेका छन् । उनले स्वतन्त्र उम्मेदवारी दिने बताएका हुन् ।
भद्रगोल, गोलमाललगायतका टेलिश्रृंखलामा अभिनय गरिसकेका बञ्जाडे मसला व्यवसायी समेत हुन् । उनले जनताले नयाँ पुस्ता खोजिरहेको भन्दै आफूले उम्मेदवारी दिने बताएका हुन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची एमाले नेता टोपबहादुर रायमाझीको पकड जिल्ला हो । पहिले माओवादी केन्द्रबाट निर्वाचित रायमाझी अहिले एमालेमा प्रवेश गरेका छन् ।
