प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्रालयको जिम्मेवारी अहिले कायम रहेका ४ जना मन्त्रीलाई नै दिएका छन्।
परराष्ट्र र रक्षा मन्त्रालय आफैँसँग राखेर प्रधानमन्त्री ओलीले अन्य मन्त्रालय मन्त्रीहरूलाई दिएका हुन्।
जसअनुसार एकै मन्त्रीले ५ वटासम्म मन्त्रालयको जिम्मेवारी पाएका छन्।
उपप्रधानमन्त्री बिष्णु पौडेलले अर्थ र गृहसहित ५ मन्त्रालयको जिम्मेवारी पाएका छन्।
पौडेललाई उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा पनि दिइएको छ।
