”…संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/१० को सिफारिसमा संवत् २०७८ साल असार १९ गने बिहीवारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ,” विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा भने गत जेठ महिनामा विघटन गरिएको थियो। त्यस विषयमा परेको मुद्दाको सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
