काभ्रेमा बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा परी चार जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक चक्र जोशीले जानकारी दिए।
उनकाअनुसार शुक्रबार दिउँसो साँगाबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख २८४४ नम्बरको बस र बा ७ च १५४५ नम्बरको कार ठक्कर खाँदा दुर्घटना भएको हो।
घाइते सबैलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल लगिएको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
