काठमाडौँ । विश्व कीर्तिमानी गीतकार डा.डी.आर.उपाध्यायको नयाँ गीत ‘दुई मुटु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर तथा संगीत रहेको गीतमा संजय श्रीपालीको संगीत संयोजन छ ।
गीतको भिडियोमा गीतकार डा.उपाध्याय र अभिनेत्री अनु शाहलाई प्रस्तुत गरिएको छ । प्रेम र बिछोडको पिडा समेटिएको गीतको भिडियोमा पनि ट्रयाजेटी थिम उठाइएको छ । भिडियोमा डा.उपाध्यायले अनुसँग मुटु साटेका छन् ।
