विवाह गर्ने भने पछि नेपाली समाजमा तामझाम र रमाईलोको कुरा पहिले आउने गर्छ।तर विवाहकै दिन गैंडा कोटमा बेहुली भागेपछि परिवार अचम्मित र दुखी बनेका छन् ।
विवाहको दिन तयार हुुन भन्दै पार्लर हिडेकी गैँडाकोट ४ बस्ने २८ बर्षिया सलिना खनाल गरगहना लिएर फरार भएकी छन् । गैँडाकोट ८ लखन चोक निवासी इश्वरी प्रसाद अर्याल सगँ उनको विवहा गर्ने तयारी भएको थियो ।
शनिवार गोर्खा गएर मन्दिरमा नै सामान्य तवरले विवाह गर्ने सल्लाह भए पछि बेहुली तयार हुनको लागी ब्यूटिपार्लर जान्छु भनि बिहान ९ बजे घरबाट हिडेकी थिईन् । पार्लर गएको लामो समयसम्म पनि घर नआए पछि परिवारले उनको खोजी गरेको ईश्वरी प्रसाद अर्याल बताउनुहुन्छ ।
घर गोर्खा भएपनि गैंडाकोटमा २ महिनादेखि कोठा भाडामा बस्दै आएकि सलिना आमाबाबु नभएको र आफु भाडामा एक्लै बस्ने गरेको बताएकी थिईन ।
कतारमा रहेका ईश्वरीसँग सलिनाको भेट एकजना छिमेकी दिदिको माध्यमबाट भएको थियो । १ महिना देखी राम्रो कुराकानी हुने गरेको ईश्वरीले बताएका छन् ।
३५ दिनको छुट्टिमा आएका अर्याल विवाह गरेर फेरी बिदेश जाने तयारीमा थिए । तर विवाहको दिन केटीले ४ लाख बराबरको सुन र एकलाख नगद लिएर फरार भएपछि बिचल्लि मा परेका छन् ।
अर्यालका अनुसार सलिनाले गोर्खामा आफनो भाउजु हुनु हुन्छ भनेपछि उतै गएर बिवाह गर्ने भनेकी थिईन। तर गरगहना उतै गएर लगाउ भन्दा सलिनाले आफन्तलाई देखाउनको लागी भएपनि यतैबाट लगाएर जाने ईच्छा राखेपछि इश्वरी पनि उनको कुरामा सहमत भएका थिए ।
सलिनाको फोन अफ छ भने गोर्खामा रहेकी सलिनाको भाउजु र चितवनका रहेका सानोबुबा पनि सम्र्पक बिहिन छन् ।यो घटनामा सलिना एक्लै नभएर उनिहरुको कुनै समुह नै रहेको शंका परिवारले गरेको छ ।
प्र,ह”री,ले भने सलिनाको खोजीकार्य गरिरहेको जनाएको छ। अनुसन्धान भईरहेको र अहिले सम्म केटीपक्षबाट कोहीपनि सम्पर्कमा नरहेको इलाका प्र,ह’री ”कार्यालय गैँडा कोटकी प्रमुख प्र,ह’री निरीक्षक लक्ष्मी पाण्डे खनालले बताउनुभयो । अनुसन्धानलाई तिव्र पारिएको उहाँको भनाई छl
