म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिख स्वभिताका ज्ञान बहादुर पुनको घर मुनीको जमिन धाँजा फा’टेर चि’राचिरा परेको छ । भिरालो पाखोमा अवस्थित पुनको घरको आगन नै च’र्किएपछि घर ब’गाउने ड’रले सुरक्षित ठाउँमा गए ।
स्वभिता र धस्केखरे गाउँमा माथिबाट र तलबाट दर्जनौ ठाउँमा जमिनमा धाँजा फाँ’टेको छ । ठूलो पानी पर्दा कुनैपनि बेला मानवीय क्षती हुने अवस्था देखिएपछि स्थानीय जनप्रतिनिधिको पहलमा राहत वितरण गरी जो’खिममा रहेका १९ घर परिवारलाई स्थानान्तरण गरियो ।
