डाेटीमा सेती नदी छेउमा एक जनाको शव फेला परेको छ।
डोटीको शिखर नगरपालिका ११ तल्लिसात स्थित सडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
उक्त शव महिलाको हो की पुरूषका भन्ने नखुलेको प्रहरीले जनाएको छ।
शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले बताए।
सेती नदीले उनलाई बगाएर ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
