पछिल्लो २४ घण्टामा ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । ३१ सय १२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ७३ र एन्टीजेन विधिमार्फत् १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ भने २४ घण्टाको अवधिमा २० जना डिस्चार्ज भएका छन् ।
यद्यपि, सो अवधिमा कसैको पनि मृ’त्यु भने भएको छैन ।
