प्रहरीले काठमाडौंको स्वयम्भूबाट १ थान चितुवाको छालासहित २ जनालाई प,क्राउ गरेको छ । शुक्रबार काठमाडौं महानगरपालिका १५ स्वयम्भूबाट १ थान चितुवाको छालासहित २ जनालाई प,क्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सिन्धुली मरिन गाउँपालिका ३ सिरटोल घर भएका ३२ वर्षीय सुशीलकुमार वाइबा र ध्याङलेख गाउँपालिका १ अमले घर भएका ३४ वर्षीय कान्छाराम वाइबा रहेका छन् ।
चितुवाको छाला अवैध रुपमा ओसा,रपसार गरी ६ लाख रुपैयाँमा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अप,राध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छाला सहित फेला पारी प,क्राउ गरेको हो ।
उनीहरुमाथि थप अनु,सन्धान भइरहेको महाशाखाले जनाएको छ ।
