जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्रा,उन सुगरसहित २ जनालाई प्र,हरीले प,क्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका प्रशान्त बिक्रम थापा र झापा गाउँपालिकाका विशाल मर्डी रहेको प्र,हरीले जनाएको छ ।
थापालाई गएराती साढे १२ बजे बाह्रदशी गाँउपालिका २ जनता बजारबाट प,क्राउ गरिएको १ नम्बर प्रदेश प्र,हरी कार्यालय विराटनगरले जनाएको छ । प्र,हरी कार्यालय राजगढबाट खटिएको प्र,हरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ मे ८ प १६४ नम्बरको मोटरसाईकलमा आउँदै गरेका २७ वर्षीय थापाको साथबाट लागूऔषध ब्राउन सुगर १६ ग्राम ५३० मिलिग्राम फेला परेको थियो । उनलाई मोटरसाईकल सहित प,क्राउ गरि थप अनुस,न्धान गरिरहेको कार्यालयका प्रवक्ता प्र,हरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
