खोलामा डुबेर एक जनाको मृत्युकोशी गाउँपालिका ३ स्थित जमुवाधार खोलामा डुबेर सोही गाउँपालिका २ बस्ने राम कुमार उरावको छोरा १४ वर्षीय आयुष कुमार उरावको शुक्रबार दिउँसो मृ’त्यु भएको हो।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
