राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुलाई मंसिरको चुनावको तीब्र प्रतिक्षा रहेको बताएका छन्। उनले चुनावको प्रतिक्षा रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषी हेराएर तोक्ने चुनावको मितिले जनताको भाग्य खोल्ने बताएका हुन्।
पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै लामिछानेले आफू देश बदल्नका लागि र अहिलेका नेताहरुलाई जेल हाल्नका लागि राजनीतिमा आएको बताए। उनले अख्तियारमा लुकाएर राखिएका फाइल टक्टक्याउँन आफू राजनीतिमा आएको भन्दै मंसिरको चुनाव अधैर्यसाथ पर्खिएको बताए।
लामिछानेले भने,’तिम्रा ज्योतिषी देखाएर मिति तोक। ज्योतिश तिम्रो हुनेछ भाग्य हाम्रो खुल्नेछ। ज्योतिशले मिति तोक्नेछन्,जनताले भाग्यको फैसला गर्नेछन्। सबै ग्रहले हाम्रो लागि काम गर्नेछन्। यो देश बदलिनेछ। म मंसिरको चुनावको तीब्र प्रतिक्षामा छु। तिम्रा ज्योतिषीले चुनावको मिति तोक्नेछन्, भाग्य हाम्रो चम्किनेछ।’
