चिठ्ठा परेको भन्दै म्यासेज र अश्लिल भिडियो पठाउने एक कल सेन्टरमा प्रहरीले छापा हानेको छ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित वडानम्बर २ मा रहेको कल सेन्टरमा प्रहरीले छापा हानेको हो।
प्रहरीका अनुसार कल सेन्टरबाट अवैध गतिविधी गरेको आरोपमा १५० जना किशोर÷किशोरीलाई पक्राउ गरिएको छ। प्रहरीले उनीहरुले कल सेन्टरबाट अवैध रूपमा सर्वसाधारणलाई म्यासेज पठाई ‘ट्रयाप’ मा पारेको प्रमाण फेला पारेको बताएको छ।
उनीहरूमाथि कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ। उनीहरुले जानकीनगरमा चार तल्लाको घरमा तीन वटा फल्याट भाडामा लिएर ३०० कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिईएको हो।
एक भारतीय नागरिकसमेतको लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको ह्वाट्एप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा प¥यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ।
