मेलम्ची, असार १२ । शनिबार विहानैदेखि सुरु भएको अबिरल बर्षाका कारण मेलम्चीमा पुनः बा\ढीको जोखिम बढेको छ ।असार १ गते आएको बा’ढीले क्षत विक्षत
भएको मेलम्ची बासिका लागि अर्को आपत आइलागेको छ । मेलम्चीको मुहान भ्रोमथाङ क्षेत्रमा खसेको पहिरोका कारण अहिले पनि लेदो माटो बगेर आइरहेको छ ।
त्यही लेदोका कारण आज बिहानै गोपाल दुलालको तीनतले घर बगाएको छ । असार १ गतेको बाढीले उनको घर तलको धानखेत बगाएको थियो । खेत बगाए पनि
खोलाले धार परिवर्तन गरेका कारण घर जोगिएका थियो । तर, शनिबार बिहानैदेखि नदीको बहाव बढेको र घर बगाएको स्थानीयको भनाइ छ ।
