सिन्धुपाल्चोकको मेलम्चीमा अविरल वर्षापछिको बा\ढीले एक घर बगाएको छ । शनिबार बिहान मेलम्ची नगरपालिका ११ स्थित इन्दरावती नदीको छेउमा रहेको तीन तले पक्की घर बा\ढीले बगाएको हो ।
एक साताअघि आएको भीषण बा\ढीकै बेला स्थानीय गोपाल दुलालको सो घर जोखिममा रहेकामा शनिबारको बा\ढीले भत्किन पुगेको सिन्धुपाल्चोक प्र\हरीले जनाएको छ । घरपरिवार अन्यत्र स्थानान्तर भइसकेकाले कुनै मानविय क्षति भने भएको छैन ।
एक साताअघिको भीषण बा\ढीका कारण दर्जनौं घरपरिवार विस्थापित भएका थिए ।
