काठमाडौँ । खोटाङको मार्तिमबिर्ता केन्द्रबिन्दु भएर अाइतवार बिहान गएको भूकम्पबाट भोजपुरमा २ र खोटाङमा १ वटा घर भत्किएका छन् ।
भोजपुर नगरपालिका वडा नम्बर १२ टक्सारमा २ वटा घर भत्केर क्षतिग्रस्त भएको भोजपुर प्रहरीले जनाएको छ । यस्तै, खोटाङको साकेला गाउँपालिकामा पनि एउटा घर भत्किएको छ । भूकम्पबाट मानवीय क्षति भने भएको छैन ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मातिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको बताएकाे छ ।
छिमेकी सागर उदास का अनुसार भूकम्प ले घरको एकापट्टी को आधा पर्खाल भत्किएको र त्यहाँ मानिस नभएकाले कुनै मानवीय क्ष’ति भने नभएको बताएका छन् ।

खोटाङको मात्तिमबिर्ता केन्द्र’बिन्दु भएर ठूलो भूक’म्प गए पनि क्षतिको जानकारी नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्य’प्रसाद सेडाईंले भन्नुभयो, ‘भूकम्पको ठूलो धक्का म’हसुस भयो तर अहिलेसम्म क्षति’बारेको विवरण आएको छैन ।’
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूक’म्पविद् डा. लोकविजय अधिकारीका’अनुसार बिहान ८ बजेर १३ मिनेटमा खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूक’म्प गएको हो ।

भूकम्पको धक्का खोटाङ र काठमाण्डौ’सहित देशका धेरै ठाउँमा महसुस गरिएको थियो । खोटा’ङका प्रमुख जिल्ला अधि’कारी सेडाईँका अनुसार ४ देखि १० सेकेण्ड सम्मको धक्का महसुस भएको थियो ।
क्षतिको विवरण नआएको र वि’पद् व्य’वस्थापनमा खटिने टोली तथा सुरक्षा निका’यलाई तयारी अवस्थामा रहन भनिएको पनि प्रमुख जिल्ला अधिकारी सेडाईँले जानका’री दिनुभयो ।



