बैतडी घर भएका कलाकार जनकराज भट्ट (जेआर) माथि कैलालीमा कु’टपि’ट भएको छ ।
ट्यांकर दुर्घटनाको लाइभ गरेको भन्दै बैतडी घर भएका कलाकार जनकराज भट्ट (जेआर) माथि कैलालीमा कु’टपि’ट भएको छ । अत्तरीया बसपार्क क्षेत्रमा कलाकार भट्टमाथि आज बिहान १० बजेतिर कुटपीट भएको हो ।
जिन्दगीमा कहिले नसोचेको घटना भएको भन्दै उनी फेसबुक लाइभमा धुरुधुरु रोएका छन् । ट्यांकर दुर्घटनाको बिषयलाई लिएर आफूमाथि कुटपिट भएको भट्टले बताए । कुटपिट पछि अहिले मायामेट्रो अस्पतालमा आफू उपचाररत रहेको भट्टले बताए । कुटपिटबाट भट्टको शरीरमा चो’ट लागेको छ । उनले भने ‘जिन्दगीमा कहिले नसोचेको घटना भएको छ । ममाथि अनाहक कु’टपि’ट भएको छ ।’
इलाका प्रहरी कार्यालय मालाखेतीमा कु’टपि’टबारे ठाडो निवेदन दएको उनले बताए । बैतडीको पाटन नगरपालिका ९ घर भएका जनकराज टिकटकमा जेआरका नामले लोकप्रिय छन् । उनी सुदूरपश्चिमका देउडा कलाकार समेत हुन् ।
कुटपिटपछि शरीरमा चोट लागेको उनले बताए। यस्तै इलाका प्रहरी कार्यालय मालाखेतीमा कुटपिटबारे ठाडो निवेदन पनि दिएको उनले बताए। जेआरका नामले टिकटकमा लोकप्रिय बनेका जनकराज भट्ट सुदूरपश्चिमका देउडा कलाकार समेत हुन्।
एकजना पक्राउ
इलाका प्रहरी कार्यालय मालाखेतीले भने उक्त कुटपिटको घटनामा एक युवकलाई पक्राउ गरिएको जानकारी दिएको छ। प्रहरीका अनुसार कुटपिटको आरोपमा गोदावरी नगरपालिकास्थित वडानम्बर २ का स्थानीय रोहित साउदलाई पक्राउ गरिएको हो। साउदलाई अहिले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ। यस्तै कुटिएका युवकलाई घाउ जाचका लागि पठाइएको बताइएको छ।
दुर्घटना हुँदाहुँदै गरेका थिए लाइभ
कुटिएका युवक जेआरले हिजो (शनिबार) राति अत्तरियामा ट्याङकर दुर्घटना हुँदाहुदै फेसबुकमा (प्रत्यक्ष प्रसारण) लाइभ गरेका थिए। उनले अत्तरियामा नेपाल आयल निगमको इन्धन बोकेको ना४ख २६४० नम्बरको ट्याङकर दुर्घटना भएको दृश्य लाइभ गरेका हुन्। हिजो अत्तरियास्थित पहाड रोडमा उक्त ट्याङकर दुर्घटना भएको थियो। दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका थिए।
ट्याङ्करले पैदलयात्री दार्चुलाको मालिकार्जुन गाउँपालिका वडानम्बर १ का लोकेन्द्र धामीलाई ठक्कर दिएपछि गम्भीर घाइते भएको हुन्। उनी अहिले उपचाररत छन्। यस्तै ट्याङकर दुर्घटनाबाट ५ गाई मरेका थिए। दुर्घटनापछि ट्याङ्कर चालक डडेल्धुराको आलितालका गणेश मल्ल र सहचालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
