काठमाडौँ – काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित पदमसालमा सोमबार विहान चार जना मृ’त भेटिए । ४१ वर्षीय दिनेश पाण्डेले दुई सन्तान र पत्नीको ज्यान लिएर आत्मह’त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
घटना स्थलमा दिनेशले लेखेको सुसाइड नोट पनि भेटिएको छ । सुसाइड नोटमा श्रीमतीको माइतीपक्षले सम्पडी हडप्न खोजेको आरोप लगाएका छन् । गोरखा भिमसेनथापा गाउँपालिका–६ स्थायी घर भएका दिनेश र पत्नी ३९ वर्षीया सुनिता मिलेर तारकेश्वरमा घर बनाएका थिए । उनीहरुका दुई सन्तान १३ वर्षीया छोरी आशिका र ८ वर्षका आशिक काठमाडौंमा पढ्थे । छोरी सैनिक स्कुलमा पढ्थिन् ।
आशिकालाई लिन सोमबार बिहान पदमशालमा पुगेको सैनिक स्कुलको गाडी उनलाई नलिइ फर्केको छ । अब, आशिका कहिल्यै स्कुल जाने छैनन् । गोरखा धुसेनी घर भएकी सुनिता काप्री भिमसेनथापा गाउँपालिका स्थित आश्राङमा सानैदेखी जान्थिन् । आश्राङका पाण्डे उनका मावली हुन् ।
मामाघर जाँदा पाण्डे र सुनिता प्रेममा परे । प्रेमसम्बन्ध पछि उनीहरुले विवाह गर्ने निधो गरेका हुन् । तर, पाण्डेकै भाञ्जी भएको हुनाले परिवारले विवाह अस्वीकार गरेका थिए । परिवारले अस्वीकार गरेपनि प्रेमलाई उनीहरुले विवाहको रुप दिए ।
दुई सन्तान जन्मिए । दिनेश ११ वर्ष कुवेतमा पसिना बगाएर फर्किए । ४ वर्षअघि नेपाल आएर तारकेश्वरमा घर बनाए । परिवार ठीकठाक चल्दै थियो । तर, २०७७ माघमा सुनिताले आफुलाई तरकारी काट्ने चक्कुले हिर्काएर ह’त्या प्रयास गरेको भनेर दिनेशविरुद्ध प्रहरी वृत बालाजुमा उजुरी गरेपछि ‘घर झगडा’ हुन थाल्यो । दिनेशले सुसाइड नोटमा लेखेका छन्– ‘मलाई चौकीमा लगेर थुनाउने काम गरियो, मलाई झुटो मुद्दा लगाएर सुनिताका दाजु र भाइले मेरो सम्पत्ति हडप्न खोजेको मैले बुझेको छु ।’
झगडा बढ्दै जाँदा दिनेशले सामूहिक ह’त्या गरेर आत्मह’त्याको निर्णय लिएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।
सोमबार सैनिक स्कुलको गाडी धेरैबेर रोकियो आशिका बस चढ्न आइनन् । स्कुलका स्टाफले बोलाइदिन आग्रह गरेपछि एकजना छिमेकी पाण्डेको घरमा गए । पदमसालस्थित मुल सडकबाट करिब २ सय मिटर भित्र रहेको एकतले घरको ढोका खुलेन । झ्यालबाट हेर्दा विभ’त्स दृश्य देखियो । दिनेश पत्नी ३९ वर्षकी सुनिता भुइँमा मृत अवस्थामा पल्टिरहेकी थिइन् । खाटमा दुई नाबालक १३ वर्षीया छोरी आशिका र ८ वर्षका आशिक मृ’त अवस्थामा पल्टिरहेका ।
प्रहरी पुगेर ढोका फुटाउँदा दिनेश पनि अर्को कोठामा मृ’त अवस्थामा भेटिए । दिनेशको पेटमा चक्कुले रोपेको डोब थियो । घाँटीमा बिजुलीको तार बाँधिएको थियो । झुण्डिने प्रयास गरेको तर, उनी झुन्डिन नसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।
प्रहरीले फेला पारेको १० पेजको सुसाइ नोटमा श्रीमतीले आफूमाथि धेरै नै ज्यादति गरेको र श्रीमतीको ज्यादति सहन नसकेर आफूसहित परिवारका सदस्यको ह’त्या गर्न बाध्य भएको लेखिएको छ।
आफू १२ वर्षसम्म वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा बसेको दिनेशले सुसाइड नोटमा लेखेका छन्। साउदीबाट कमाएको सबै पैसा घरमा श्रीमतीलाई दिएको, तर श्रीमती भने उक्त पैसा माइतीलाई बुझाउने गरेको सुसाइड नोटमा लेखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए।
‘मैले कमाएको सबै पैसा श्रीमतीलाई पठाएँ, तर श्रीमतीले पैसाजति सबै माइतीलाई दिइन्। फर्केर घर आउँदा पनि ममाथि राम्रो व्यवहार भएन। केही कुरा गर्दा विवाद गर्थिन्, ममाथि कु’टपि’ट गर्थिन्, प्रतिकार गर्दा घरेलु हिं’सा र ज्यान मा’र्ने उद्योग गरेको भन्दै प्रहरीमा उजुरी दिइन्,’ सुसाइड नोटमा उल्लेख विषय उद्धृत गर्दै ती अनुसन्धान अधिकृतले भने।
श्रीमतीले आफूविरुद्ध घरेलु हिं’सा र ज्यान मा’र्ने उद्योगको उजुरी दिएर प्रहरी चौकीमा थुनाएको पनि दिनेशले सुसाइड नोटमा लेखेका छन्।
श्रीमती सुनिताले आफूलाई वास्ता नगर्ने, तर अरु (परपुरुष)सँग घण्टौं फोनमा कुरा गर्ने गरेको पनि दिनेशले सुसाइड नोटमा लेखेको प्रहरी स्रोतको भनाइ छ।
‘ट्वाइलेट जाँदा पनि फोन सँगै लिएर जाने, ट्वाइलेटमै बसेर कुरा गर्ने। मलाई वास्ता नगर्ने गर्थिन्,’ सुसाइड नोटमा उल्लेखित विषय उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो।
सुसाइड नोटमा दिनेशले १३ वर्षीया छोरी र ८ वर्षीया छोराको भने ‘माया लागेर आफूसँगै लैजान’ ह’त्या गरेको लेखेका छन्।
मध्यरातमा पत्नी र छोराछोरीलाई चक्कुले घो’पेर ह’त्या गरेपछि दिनेशले आत्महत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रेम विवाहबाट बनेको सुन्दर परिवारको यसरी दुःखद अन्त्य भएको छ ।
