काठमाडौँ — अभियान लघुवित्त वित्तीय संस्थाको बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) खुलेको छ । अंकित मूल्य १ सयका दरले कम्पनीले ९ लाख ७५ हजार कित्ता अर्थात ९ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ निस्कासन गरेको हो ।
यसमध्ये १२ हजार ५ सय कित्ता कर्मचारीका लागि तथा ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँट हुनेछ । कम्पनीको आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ ।
न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आफ्नो खाता रहेको ९सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था० बैंकको जुनसुकै शाखा वा अनलाइन प्रणाली सीडीएससीको ुमेरो सेयरु वेबसाइट तथा एपमार्फत आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।
कम्पनीको आइपीओलाई इक्रा नेपालले बीबी माइनस रेटिङ प्रदान गरेको छ । काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको लघुवित्तले २१ जिल्लामा ६० शाखा कार्यालय संचालनमा ल्याएको छ । गत चैत मसान्तसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३३ पैसा छ ।
