२८ वर्षअघि एक युवतीलाई वडाका दुई पुरुषले ६ महिनासम्म लगातार ब’लात्कार गरेका थिए । उनी त्यतिबेला १२ वर्षको थिइन् । उनी गर्भवती भइन् र छोरालाई जन्म दिइन्।
छोराको जन्म पछि, उनको जीवनमा धेरै कठिन मोडहरू आए। समाजले पनि साथ दिएन ।
तर, एक दिन जब उनको छोरो १३ वर्षको थियो, उसले आमालाई सोध्यो– “मेरो बुबा को हो?“
छोराको जिद्दीकै कारण २८ वर्षपछि आमाको ब’लात्कारीको पहिचान गरी पक्राउ गर्न सफल भएका छन् ।
यो पनि
काठमाडौं । नेपालमा सबैभन्दा कडा र तिखो प्रहार गर्ने र विपक्षीलाई निशाना बनाउने छवि बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने झन् कडा बनेर निस्किएका छन् ।
लामिछानेले शनिवार बोलेको एउटा डाइलग सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । रविले ठूला पार्टीसँग कुनै चुनावी एजेण्डा नै नभएको बताएका छन् । ठूला भनिएका पार्टीसँग आउँदो मंसिर ४ को चुनावमा जनतासँग भोट माग्ने नैतिकतासमेत नभएको दाबी गरे ।
शनिवार बुटवलमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले ६र६ जना पूर्वप्रधानमन्त्रीले गर्व गर्न लायक कुनै काम नगरेको दाबी गरे । लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले अब यस्ता काम नगर्ने पूर्वप्रधानमन्त्री र ठूला भनिएका पार्टीलाई जनताले चिन्ने बेला आएको बताए ।
उनले नेपाली मतदाता मासुभातमा बिक्छन भन्ने आरोप लाग्ने गरेकाले त्यसलाई यसपटक तोड्नुपर्ने बताए । ‘यसपाली चुनावका दिन एकादशी र आइतवार अर्थात् रबिवार परेको छ । मासुभातले समेत काम गर्ने छैन’, उनले भने, ‘आफैँ पढेको त्रिचन्द्र कलेजको दूरावस्था हुँदा पनि सुधार्न नसक्नेहरूले के गर्छन रु’ उनले ठूला पार्टीहरूले जनतालाई झुक्याइँ मात्रै राखेका दाबी गर्दै त्यस्ता झुटको पछि नलाग्न आग्रह गरे ।
उनले आफू नेतृत्वमा आएमा २४ सैं घण्टा नागरिकको समस्या सुन्ने संयन्त्र वातावरण बनाउने बाचा गरेका छन् । ‘भ्रष्टाचार हेर्न नसक्ने अख्तियार, भ्रष्टाचारीको फाइल हेर्न नमिल्ने न्यायालयको के काम’ भन्दै उनले जनताको असली शासन व्यवस्था आफूहरूले ल्याउने बताए ।
अध्यक्ष लामिछानेले अहिले जनताको समस्या सञ्चारमाध्यमले मात्रै उठाउनुपर्ने र सुन्ने प्रवृत्ति रहे पनि आफ्नो पार्टी सिंहदरबारले सुन्नुपर्छ भन्ने मान्यतामा रहेको बताए । उनले विदेशमा रहेका नेपालीहरूलाई समेत भोट हाल्ने अधिकार दिनुपर्ने बताए ।
केही समय अघिसम्म ‘सिधा कुरा’ टेलिभिजन कार्यक्रम सञ्चालन गरिरहेका लामिछाने पार्टी गठन गरेर संगठन विस्तारमा हिँडेका हुन् । उनी पश्चिम नेपालबाट संगठन विस्तार गर्दै पूर्वतर्फ आइरहेका छन् ।
