मुकाम नजिकै पर्ने जयपृथ्वी नगरपालिकास्थित देवल विमानस्थलमा सुरक्षा गार्डमा कार्यरत प्र,हरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन् । नगरपालिकाको कार्यालय तथा देवल विमानस्थल रहेकोे स्थानको विमानस्थल सुरक्षा गार्डको भवन जीर्ण हुँदा त्यहाँ कार्यरत प्र,हरीहरु त्रा,सै,त्रा,समा रात बिताउँदै आएका छन् ।
वर्षा याममा भविभित्रै पानीको भेलले रा,त बिताउन सकस हुने गरेको विमानस्थलको सुरक्षामा खटिएका प्र,हरी नायब निरीक्षक सुन्दरसिंह धामीले बताए । उनले भने, “बर्खा लाग्ने बितिकै चुहिने, तथा हावा लागेको बेला ढुङ्गा खस्ने डर लाग्छ । सामान्य वर्षा हुँदा पनि पानी चुहिने ठाउँमा थाल, कचौरा समातेर बस्नुपर्छ । पानीले ओछ्यान भिजेर सुत्न सकिंदैन । तीन÷चार दिनसम्म चिसै लुगा लगाउनुपर्ने बा,ध्यता छ । पानी पर्न थालेपछि कहाँ पकाएर खाने भन्ने चिन्ता हुन्छ ।”
