नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ र चाँदी २५ रुपैयाँले महङ्गिएको छ।
गत शुक्रबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई सुनलाई आज ९७ हजार ८०० रुपैयाँ पर्नेछ। जुन शुक्रबारको तुलनामा प्रतितोला ५०० रुपैयाँले बढी हो ।
त्यस्तै, तेजावी सुनलाई आज प्रतितोला ९७ हजार ३०० रुपैयाँ पर्नेछ। यसअघि तेजावी सुनको भाउ तोलामा ९६ हजार ८०० रुपैयाँ रहेको थियो।
चाँदीको भाउसमेत बढेर एक तोलामा एक हजार २५० रुपैयाँ पुगेको महासंघले जनाएको छ। यसअघि चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
यो पनि
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोक देखेर श्रमदान गर्न मन लागेको बताएका छन्। ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोर थुप्रिएको छ।
जसलाई लक्षित गर्दै साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो। प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो।’
धरान उपमहानगरपालिकाको विकास निर्माण सम्बन्धी कामले उनी काठमाडौं आएका छन्। स्वतन्त्र उठेर धरानको मेयरमा निर्वाचित उनले धरानको खानेपानी समस्या समाधान गर्न भन्दै निर्माण काममा आफैं सहभागी हुने गरेका छन् र उनले श्रमदानका लागि धरानबासीलाई उत्प्रेरित पनि गरिरहेका छन्।
