मकवानपुरबाट दुई जना गाँजासहित प,क्राउ परेका छन्।
शुक्रबार दिउँसो प्र,हरीले राक्सिराङ गाउँपालिका-५ परेवाभीर सडकखण्डबाट दुई जनालाई प,क्राउ गरेको हो।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-९ का २० वर्षीय प्रताप स्याङताङ र कैलाश गाउँपालिका-२ का ४३ वर्षीय लालबहादुर स्याङतान छन्।
उनीहरूको साथबाट ७९ किलो गाँजा बरामद भएको प्र,हरीले जनाएको छ। अन्य ८/९ जना व्यक्ति भने भागेका थिए।
प,क्राउ परेकालाई लागुऔषध ऐन अन्तर्गत हिरास,तमा राखेर अनुसन्धान थालिएको मकवानपुर प्र,हरीले जनाएको छ।
