धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंमा थुपारिएको फोहोरमाथि व्यंग्य गरेका छन् । काठमाडौं उपत्यकाको फोहोर समयमै उठ्न नसक्दा सडकपेटी प्रदूषित भएका छन् ।
वर्षाले बाटो छेउमा थुपारिएको फोहोर बगाएर सडक पेटी प्रदूषित बनाएको छ । समय मै फोहर नउठ्दा सडक पेटीमा थुप्रिएको फोहोर पानीले बगाउँदा झनै प्रदूषण बढेको छ ।
मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’
मेयर साम्पाङ निर्वाचित भएपछि धरानमा प्रत्येक शनिबार श्रमदान गर्दै आएका छन् ।
रान उपमहानगरपालिकाका मेयर हर्क राज राईले काठमाडौंको फोहोर व्यवस्थापनको समस्याप्रति टिप्पणी गरेका छन्। काठमाडौं आएका मेयर राईले सडकमा थुपरिएको फोहोर देखेपछि सामाजिक सञ्जालमार्फत यसबारे टिप्पणी गरेका हुन्।
उनले काठमाडौंका सडक किनारामा फोहोरको डंगुर देख्दा खाल्डा खुल्डी बाटो भएपनि धरान नै सफा लागेको बताएका छन्। प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको विजोग देखेर आफूलाई श्रमदान गर्न मन लागेको भन्दै उनले व्यङ्ग्यसमेत गरेका छन्।
