काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बिवाह गर्ने भएकी छन् । पारिवारिका स्रोतका अनुसार वीरगञ्ज पुख्र्यौली घर भएका साउण्ड इञ्जिनियरसँग सुनिताको बिवाह हुन लागेको हो ।
उनी तीन चार वर्षदेखि साउण्ड सशांक श्रेष्ठसँग अफयएरमा छिन् । सिनेमा र फोटोग्राफीमा रुचि राख्ने श्रेष्ठले भर्खर स्नातकोत्तर सकाएका छन् । आगामी मंसिरमा विवाह गर्ने गरी सुनिता र सशांकका परिवारले सबै तयारी अघि बढाएका छन ।
नेपाल वायुसेवा निगमकी पूर्वकर्मचारी रश्मी श्रेष्ठ सुनिताकी हुनेवाला सासू हुन् । गौरी प्रधान नेतृत्वको बाल मजदुर सरोकार केन्द्र (सिविन) मा कार्यरत वीरगञ्जका सुवोध श्रेष्ठ उनका भावी ससुरा हुन् ।
हुनेवाला सासू रश्मी निगमको कमर्सियल विभागमा काम गर्थिन् । बेहुला श्रेष्ठको परिवारको बसाइ नयाँ बसपार्क क्षेत्र गोंगबूमा हो । उनीहरूको पुख्र्यौली घर वीरगञ्ज र अर्को घर कीर्तिपुरमा पनि रहेको बताइन्छ ।
यो पनि पढ्नुहोस
काठमाडौं । स्थानीय तहको निर्वाचन पछि अब प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रत्यक्ष तर्फको निर्वाचन हुँदैछ ।अहिले चर्चामा आएको बाम गठबन्धन नभए आगामी चुनाव पनि गठबन्धन भर्सेस एमाले नै हुने देखिएको छ । परिणाम आकलनको प्रमुख आधार २०७४ को स्थानीय तह निर्वाचन हो, जसले गठबन्धनको अवस्था बलियो देखाउँछ ।
२०७४ सालमा पहिलो पार्टी बनेको एमालेले यो निर्वाचनमा आफ्नो पुरानो विरासत जोगाउला की नजोगाउला अर्को प्रश्न खडा भएको छ । ५ वर्षअघि र अहिलेको राजनीतिक परिस्थितिमा परिवर्तन आएपनि त्यतिबेलाको मतपरिणाम र राजनीतिक दलहरुले आर्जन गरेको शक्तिका आधारमा आगामी अवस्थाको केहि हदसम्मको मुल्याङ्कन गर्न सकिन्छ ।
